Skip to main content

तपाईले देखेका सपनाको के अर्थ हुन्छ ? कस्ता सपना अर्थ पूर्ण र कस्ता अर्थहीन, १७२ सपनाको रहस्यको बारेमा जन्नुस , वैज्ञानिक दृष्टिकोण सहित ?

तपाईले देखेका सपनाको के अर्थ हुन्छ ? कस्ता सपना अर्थ पूर्ण र कस्ता अर्थहीन, १७२ सपनाको रहस्यको बारेमा जन्नुस , वैज्ञानिक दृष्टिकोण सहित ?







(1) मोटो गोरु देखे – अन्न सस्तो हुने (2) चामल देखे – शत्रुता समाप्त (3) पूजा-पाठ गरेको देखे – समस्याको अन्त्य (4) शिशु चलेको देखे – रोकेको धन प्राप्त हुन् सक्ने (5) कुनै फलको गुडी देखे – शीघ्र धन लाभ (6) पलंग पर सोना- गौरव प्राप्ति (7) हराभरा जंगल देखे – प्रसन्नता मिल्ने (8) खुला दरवार देखे – नया व्यक्ति मित्रता बन्न सक्ने (9) बन्द दरवार देखे- धनको नोक्सान (10) खाएको देखे – धन र प्रसिद्धि प्राप्ति (11) चश्मा लगाएको देखे – ज्ञान बढ्ने (12) महिलाले हस्तमैथुन गरेको देखे – धन प्राप्ति (13) पूरी खाएको देखे – प्रसन्नताको समाचार मिल्ने(14) तावा देख्ने – गुप्त रहस्य पत्ता लाग्ने (15) बत्ति बालेको देखे – नया अबसर पाउने (16) आकाशमा बिजुली चम्केको देख्नु – कार्य व्यवसायमा स्थिरता (17) मासु – आकस्मिक धन लाभ (18) विदाई समारोह – धन-सम्पतीमा वृद्धि (19) भाचिएको छत देख्नु- हरेको धन प्राप्ति (20) सेतो परेवा देख्नु – शत्रु मित्र बन्न सक्ने

(21) मौरी देखे – मित्रतामा प्रेम बढ्न सक्ने (22) पन्जा देखे- अचानक धन लाभ (23) सिंह जोडी देखे – दांपत्य जीवन सफलता उन्मुख (24) मैना देखे – उत्तम स्वास्थ्य (25) आभूषण देखे – कुनै काम पूरा हुने (26) जामुन खाना- समस्या टाढा हुने (27) जुवा खेलेको देखे – व्यापारमा लाभ (28) खच्चर देखे – धन संबंधी समस्या (29) समाधि अरेको देखे – सौभाग्य प्राप्ति (30) आफै उडेको देखे – कुनै पनि समस्या हटाउनु (31) लडाई देखे – प्रसन्नता प्राप्त (32) लड़ाईमा मरेको देखे – राज प्राप्तिको योग (33) गोबर देखे – पशुको व्यापारमा लाभ (34) सुपारी देखे – रोगबाट मुक्ति (35) लठ्ठी देखे – आराम प्राप्ति (36) खाली बैलगाडा देखे – नोक्सानी हुने सम्भावना (37) सलाई कोर्नु – धनको प्राप्ति (38) सीना या आंख खुजाना- धन लाभ (39) लाश देखे – बिमारी टाढा (40) चुरा देखे – सौभाग्य वृद्धि

(41) धन उधारो देखे – अत्यधिक धन प्राप्ति (42) चन्द्रमा देखे – सम्मान मिल्ने (43) चांदी देखे – धन लाभ (44) खेतमा पाकेको गहु देखे – धन लाभ (45) फल-फूल खाएको देखे – धन लाभ (46) चश्मा लागेको देखे – ज्ञानमा वृद्धि (47) रातो फूल देखे – भाग्य चम्कन सक्ने (48) सेतो फूल देखे – कुनै समस्याबाट छुटकारा (49) सेतो सर्पले टोकेको देखे – धन प्राप्ति (50) नदीको पानी पिएको देखे – सरकारको लाभ (51) रोटी खाएको देखे – धन लाभ वा राजयोग (52) कपास देखे – निरोगी हुने (53) कुकुर देखे – पुरानो मित्रसंग मिलन (54) धनुष चढेको देखे – सुख सयल वृद्धि व पदोन्नति (55) जमीनमा ओछ्यान लगाएको देखे – दीर्घायु वा सुखमा वृद्धि (56) घर बनाएको – प्रसिद्धि मिलन सक्ने (57) घोड़ा देखे – संकट टाढा हुने (58) मोती देखे – पुत्री प्राप्ति (59) अनार देखे ना- धन प्राप्ति योग (60) गाडेको धन देखे – अचानक धन लाभ

(61) बजार देखे – दरिद्रता टाढा हुने (62) मृत व्यक्तिसंग गफ गरेको देखे – मनले चाहेको इच्छा पूरा हुने (63) लाश लगेको देखे – बीमारीबाट छुटकारा (64) घासको मैदान देखे – धन लाभको योग (65) पर्खालमा किल्ला ठोकेको देखे – ठूलो व्यक्तिद्वारा धनलाभ (66) पर्खाल देखे – सम्मान बढ्ने (67) झरना देखे – दुखको अन्त्य (68) बलेको दियो देखे – आयुमा वृद्धि (69) सूर्य देखे – पदोन्नति वा धनलाभ (70) चेक लेखेर दिने – धन मिल्ने (71) कुवामा पानी देखे – धन लाभ (72) आकाश देखे – पुत्र प्राप्ति (73) गोबर देखे – पशुको व्यापारमा लाभ (74) सुन्दरी स्त्री देखे – प्रेममा सफलता (75) छुरा देखे – सौभाग्य वृद्धि (76) कुवा देखे – सम्मान बढ्ने (77) गुरु देखे – सफलता मिल्ने (78) इंद्रधनुष देखे – उत्तम स्वास्थ्य (79) मरेको मान्छे गाड्ने ठाउ देखे – समाजमा प्रतिष्ठा (80) कमलको फूल देखे – रोगबाट छुटकारा

(81) देवीको दर्शन गरेको देखे – रोगबाट मुक्ति (82) घुम्ती लगाएको देखे – सौभाग्य प्राप्ति (83) छुरी देखे – संकटबाट मुक्ति (84) बालक देखे – सन्तानको वृद्धि (85) चन्दन देखे – शुभ समाचार मिल्ने (86) जटाधारी साधु देखे – राम्रो समयको शुरुआत (87) त्रिशूल देखे – शत्रुबाट मुक्ति (88) तारामंडल देखे – सौभाग्यको वृद्धि (89) सर्प दखे – धन लाभ (90) तपस्वी देखे – दान गर्ने अबसर (91) हुलाकी देखे – टाढाको आफन्त भेट (92) थप्पड मरेको देखे – शत्रुसामु विजय (93) मसीको भाँडो- धन आगमन (94) आफ्नै आमा देखे – सम्मान प्राप्ति (95) हुलाक घर देखे – व्यापारमा उन्नति (96) नक्शा देखे – कुनै योजनामा सफलता (97) नुन देखे – स्वास्थ्यमा लाभ (98) बाटो देखे – समस्याका निराकरण (99) आफन्त देखे – उत्तम समयको शुरुआत (100) दंपत्ति देखे – दांपत्य जीवन अनुकूलता

(101) शत्रु देखे – उत्तम धनलाभ (102) तास देखे – समस्यामा वृद्धि (103) तीर देखे – लक्ष्यको वृद्धि (104) सुकेको घाँस देखे – जीवनमा समस्या (105) भगवान शिव देखे – विपत्तिको नाश (106) न्याउरी मुसा देखे – शत्रुभय से मुक्ति (107) टोपी जस्तो देखे – मान-सम्मान वृद्धि (108) दूध देखे – आर्थिक उन्नति (109) मंदिर देखे – धार्मिक कार्यमा सहयोग (110) नदी देखे – सौभाग्य वृद्धि (111) निलगाई देखे – भौतिक सुखको प्राप्ति (112) बेलपत्र देखे – धन-धान्य वृद्धि (113) आफ्नै दिदीबहिनी देखे – परिवारमा माया प्रेम र सम्बन्ध मजबुत हुने (114) पुजा गरेको देखे – कुनै योजनामा लाभ (115) पिर गरेको देखे – अत्यधिक शुभ फल (116) गैको बाछा देखे – कुनै अनौठो घटना हुनु (117) वसंत ऋतु देखे – सौभाग्य वृद्धि (118) स्वर्ग देखे – भौतिक सुखमा वृद्धि (119) पत्नी देखे – दांपत्यमा प्रेम बढ्ने (120) स्वस्तिक देखे – धन लाभ (121) भाई देखे – नयाँ मित्र बन्न सक्ने (122) मह देखे – जीवनमा अनुकूलता (123) स्वयंको मृत्यु देखे – भयंकर रोगबाट मुक्ति(124) रुद्राक्ष देखे – शुभ समाचार मिल्ने (125) पैसा देखे – धन लाभ

(126) सुगा देखे – सौभाग्य वृद्धि (127) अलैंची देखे – मान-सम्मान प्राप्ति (128) सरस्वतीको दर्शन- बुद्धि बिबेक वृद्धि (129) कोइला देखे – उत्तम स्वास्थ्यको प्राप्ति (130) छेपारो देखे – घरमा चोरी हुन् सक्ने (131) चरा देखे – नोकरीमा पदोन्नति (132) कन्या केटी घरमा आएको देखे – लक्ष्मीको आशिर्बाद (133) दूध दिने भैसी देखे – उत्तम अन्न लाभ (134) खाली थाल देखे – धन प्राप्ति योग (135) गुड खाएको देखे – राम्रो समय आउने संकेत (136) शिंह देखे – शत्रु सामू विजय (137) हात्ती दखे – ऐेश्वर्य प्राप्ति (138) ऊँट देखे – धन लाभ (139) सूर्य देखे – खास व्यक्तिसँग भेट (140) औंठी लगाएको देखे – सुन्दरी स्त्री प्राप्त हुन् सक्ने (141) आकाशमा उडेको देखे – लामो यात्रा हुन् सक्ने (142) आप खाएको देखे – धन प्राप्त (143) अनारको रस पिएको देखे – प्रचुर धन प्राप्त (144) चुचो मुख भएको चरा देखे – व्यवसायमा लाभ (145) बादल देखे – चाडै बढुवा हुन् सक्ने (146) घोडा चढेको देखे – व्यापारमा उन्नति (147) एेनामा अनुहार हेरेको देखे – कुनै महिला संगको प्रेम (148) बगैचा देखे – खुसी मिल्ने (149) कपाल काटेको देखे – ऋणबाट छुटकारा (150) ओच्छ्यान देखे – धनलाभ वा दीर्घायु

(151) बुलबुल देखे – विद्वान व्यक्तिसँग भेट हुने (152) आफै हासेको देखे – कसैसंग विवाद हुन् सक्ने (153) आफै रोएको देखे – प्रसन्नता को अवसर वा समाचार प्राप्त हुने (154) फूल देखे – प्रेममा मिलन (155) शरीरमा फोहोर लागेको देखे – धन प्राप्ति योग (156) पुलमा यात्रा – समाजको हितमा काम हुने (157) प्यास लागेको देखे – लोभ बढ्ने (158) पान खाएको देखे – सुंदर स्त्री प्राप्ति (159) पानीमा डुबेको देखे – राम्रो कार्य हुने (160) धनी व्यक्ति देखे – धन प्राप्ति योग (161) बादाम खाएको देखे – धन प्राप्त (162) अण्डा खाएको देखे – पुत्र प्राप्त (163) आफ्नै सेतो कपाल देखे – आयु बढ्न (164) बिच्छी देखे – प्रतिष्ठा प्राप्त हुने (165) पहाड़ चढेको देखे – उन्नति मिल्ने (166) तरवार देखे – शत्रुसँग विजय (167) हरियो साग देखे – प्रसन्न हुने (168) तोप देखे – शत्रु नष्ट (169) धनुष चलाएको देखे – इच्छा पूर्ण हुने (170) कोइली देखे– सम्मान वृद्धि (171) तरबुजा खाएको देखे – कसै सँग दुश्मन हुन् सक्ने (172) जहाज देखे – टाढाको यात्रा हुने

राम्रा सपना

अन्नबाली, घोडचढी,कमलको फुल,गोरु, गाइ, गुरु, सेतो रंगको फुल, दही, चामल, चादीका भाडा, हात्ती, राजा महाराजा, सिहासन, फल, सेतो बस्तुवा पदार्थ, कपास, मिठाइ, देबताको प्रतिमा वा मुर्ति,बिद्धान बाहुन, सधवा आइमाइ, ध्वजा, समुन्द्र स्नान, गंगाको स्नान, तारा, चन्द्रमा, देवता, मन्दिर, गित संगीत, पर्बतारोहण, फलेकोबृक्ष, फुलेको फुल, केटाकेटी, हतियार प्राप्ती, शरीरमा तेज आउनु, पुस्तक रचना वा अध्ययन, सन्त महात्मा, दुध खानु,फल खानु,सर्प, लास वा लास लाँदै गरेको, स्वर्गका अप्सरा, गायनकला, भाषण, बन्धनबाट छुटेको, भरीएको भाडो, तोरण, रुदैगरेको ब्यक्ति

नराम्रा सपना

आगो, जल्दैगरेको चिता, खाली भाडा, दात भाचिनु, कपाल झर्नु,रातो वा कालो कपडा, गुलीयो बस्तु खानु, काडा,शत्रु, राक्षस, भैसी, रागो, बादर, हतियार, सुकेको बृक्ष बस्तु,खरानी, फासीमा झुण्डाएको,हावामा उडेको,बाढी, मान इज्यतमा कमी आउनु, अपमानीत हुनु, सर्पहरुसग खेल्नु,ग्रहण लाग्नु, उल्लु, आधी तुफान, जलमग्न हुनु, डुबेको देख्नु, पानी नभएको पोखरी, तलाउ,इनार, खोला, चोर्नु, नकाब मकुण्डो, भुतप्रेत, पहिरो, पुल, तार चुट्नु, स्त्री वा पुरुषसग जर्बजस्ति गर्नु, शरिरमा हिलो लाग्नु, एकान्त बनमा एक्लै हुनु, पसिनाले भिज्नु, प्रिय ब्यतिको मृत्युको खबर सुन्नु, होहल्ला, बिबाह भएको, बिवाह मण्डब घुमेको

कस्तो सपनाको अर्थ के ? वैज्ञानिक सपनाको बारेमा के भन्छन त ?

राति हामी सुतेको बेला देखिने सपनामाथि हाम्रो नियन्त्रण हुदैन अर्थात हामी आफुले चाहेर आफ्नो इच्छा अनुसार सपना देख्न सक्दैनौं । सपना हामी निदाएको बेला स्वत घटित हुने एक विशेष प्रक्रिया हो । यसका अर्थ र फलका बिषयमा बिभिन्न अड्कल बाजीहरु गरिदै आएका छन । सुतेको बेला देखिने सपनाले वास्तविक जिवनमा पनि अर्थ राख्ने र सपनाको प्रकार अनुसार असल तथा खराब दुबै फल प्राप्त हुने विश्वास गरिन्छ । यद्यपि यसको विषयमा वैज्ञानिक प्रमाणको अभावमा यसलाई रुढीवाद समेत भन्ने गरिएको छ ।

तर स्विजरल्याण्डका शोधकर्ताले भने सपनाको वास्तविक अर्थ रहने र यसले मानिसको जिवनमा प्रभाव पार्ने तथ्य फेला पारेका छन् ।स्विस मनोविज्ञ तथा मनोथेरापिष्ट कार्ल जंगले आफ्नो जिवनमा देखेका झण्डै २० हजार जति सपनाहरुको विश्लेषणको आधारमा त्यसलाई सैद्धान्तिकरण गरेका छन् र निष्कर्ष निकालेका छन् की व्यक्तिको मनोविज्ञान बुझ्न सपना महत्वपूर्ण माध्यम हो ।

त्यस्तै अमेरिकी साइको थेरापिष्ट कार्डर स्टउटले विभिन्न १० प्रकारका स्वप्नावस्थाहरुको विश्लेषण गरेका छन् ।शोधकर्ताहरुको विश्लेषणका आधारमा यी सपनाहरुको अर्थ यस्तो हुन्छ-

>गर्भवती भएको सपना देखेमा :

आफु गर्भवती भएको सपना देख्नुको अर्थ हुन्छ तपाइँभित्र नयाँ जिवनको सुरुवात भएको छ अर्थात् नयाँ उर्जा तथा आइडियाको विकाश हुँदैछ । स्टउट भन्छन्-यसको अर्थ तपाइँले पुनर्जिवन पाउँदै हुनुहुन्छ, नयाँ मार्गतर्फ लम्किँदै हुनुहुन्छ अर्थात् जिवनमा काँचुली फेर्दै हुनुहुन्छ ।

भुतपूर्व पार्टनरको बारेमा सपना देखेमा

यो सामान्य हो र यसको अन्य कुनै अर्थभन्दा पनि जिवनको एउटा क्षणको परावर्तन मात्र हो । तपाइँको भुतपूर्व प्रेमी वा प्रेमिका कुनै समय तपाइँको जिवनको अंग थियो । यदि तपाइँले कोही नयाँ मानिससँग डेटिङ गएको वा प्रेमालाप गरेको सपना देख्नुभयो भने ब्युँझिएपछि आफैलाई सोध्नुहोस् की त्यो मानिसले तपाइँको जिवनमा के अर्थ राख्छ ? उसको लागि तपाइँको मनमा ठाउँ भएकै हो ?

दाँत झरेको सपना देखेमा

यसको अर्थ तपाइँको जिवनमा संक्रमणकाल चलिरहेको छ । तपाइँ यस्तो निरासा तथा कठिन परिस्थितिबाट गुज्रिँदै हुनुहुन्छ जहाँ प्रसस्तै परिवर्तन आत्मसात गरिरहनु परेको छ भने तपाइँले दाँत झरेको सपना देख्न सक्नुहुन्छ । तपाइँ रुपान्तरण हुँदै हुनुहुनछ भन्ने यसको अर्थ हुन्छ ।

मृत्युको बारेमा सपना देखेमा

सपनामा मृत्यु तथा नयाँ जिवनको सुरुवातलाई एकै अर्थमा हेरिने मनोविज्ञ स्टउट बताउँछन् । मरेको सपना देख्नु भनेको तपाइँले अब कुनै चिज त्याग्दै हुनुहुन्छ जुन अहिलेसम्म तपाइँको जिवनको भाग थियो । बसिरहेको घर सर्दा, जागिर छाड्दा तथा सम्बन्ध विच्छेद गर्दा समेत मरेको सपना देख्ने सम्भावना हुन्छ ।

बारम्बार डराउने सपन

मनोविज्ञ स्टउटका अनुसार हामीले जिवनमा धेरै नकारात्मक अनुभवहरु समेत बटुलेका हुन्छौँ र त्यसलाई आत्मसात गरेका हुन्छौँ जसले हामीमा संवेगात्मक घाउ सिर्जना गर्दछ । मानिसको मस्तिष्क यस्ता स्मरणहरु प्रति असहिष्णु हुन्छ र त्यसलाई सँगालेर राखिराख्नु भन्दा बारम्बार त्यसलाई उत्सर्जन गर्दछ । यो पीडादायी उर्जा डरलाग्दो सपनाका रुपमा बाहिर निस्किन्छ । कुनै विषयमा डरलाग्दो सपना देखिरहनुको अर्थ हुन्छ की त्यस विषयमा हाम्रो मस्तिष्कमा डर, चिन्ता तथा पीडा संचित छ र वास्तविक जिवनमा त्यसलाई सम्बोधन गर्नु आवश्यक छ ।

कोहीसँग प्रेम गरेको सपना देखेमा

कोही नयाँ मानिससँग प्रेम गरेको सपना देखेर मख्ख परिन्छ सायद । तर मख्ख नपरे हुन्छ, किनकी यसको अर्थ त्यस्तो रोमान्चक छैन । सपनामा प्रेम गरेको देख्नु भनेको मानिस कृतघ्न छ र आफैप्रति इमान्दार छैन भन्ने कुराको द्योतक हो । तपाइँले आफैभित्र केही कुरा दबाएर राख्नुभएको छ, ध्यान दिइरहनुभएको छैन वा कृतघ्न बनिरहनुभएको छ भने तपाइँले कसैसँग प्रेम गरेको सपना देख्नुहुन्छ ।

काम तथा स्कुलको बारेमा सपना देखेमा

स्टउटका अनुसार सपनामा परीक्षामा तयारी गर्न नसकेको, लेख्न नसकेको, काममा ढिलो भएको तथा मिटिङका लागि तयारी नगरेको जस्ता कुरा देखेमा बुझ्नुहोस् की तपाइँ खतरापूर्ण अवस्थामा हुनुहुन्छ । यो भनेको आफ्नो वास्तविक रुप, क्षमता तथा चरित्र आत्मसात गर्न नसक्ने तथा आफैप्रति डराउने वा आत्मविश्वास नभएका कारण हुन्छ । मनोविज्ञ स्टउटका अनुसार व्यवसायिक रुपमा मानिस सक्षम तथा इमान्दार देखिएपनि उसले आफ्नो व्यक्तिगत आयाम लुकाउन अनेक प्रयत्न गरिरहेको हुन्छ । सोही चरित्र मानिसको सपनामा प्रकट हुन्छ |

साभार अर्थसरोकारडटकम

Comments

Popular Posts

New Superhit Nepali Teej Song"Cham Cham "By Radhika Hamal & Prem Bibas Gharti

Him Samjhauta Digital Presents a newly released teej song:-Cham Cham Naachchhe Song name:- Cham Cham Naachhhe Vocal:- Radhika Hamal & Prem Bibas Gharti Lyrics:-Subas Gharti & Min kC Music:- Min Kc Audio/video:- Him Samjhauta Digital Pvt. Ltd. Director:- Bijay Thapa Cinematographer:- Bijaya Lama Editor:-Bishnu Sharma Model:- Bijaya Thapa Laxmi Hemanta Laxmi Post Production:- Him Samjhauta Digital Pvt. Ltd. Meneging Director:- Nandaram Pariyar

Butwal- Tilottama News

Drone Copter

Lorem ipsum dolor sit amet, at vocibus detracto conceptam pri. Mel te velit virtute hendrerit, quo an saepe nostrum suscipiantur. Ex soluta fuisset assueverit pri. Nihil dolor admodum ei mea, nec an putent facilisi. Eos fabulas delenit no, mea omittantur instructior id. Homero intellegebat conclusionemque vel ea, cu has dicit omittam eloquentiam. Dolor efficiendi pro cu, at sit doming explicari, sed in diceret luptatum pertinax. Mei eruditi electram no, liber facilis usu te. Eum primis reprimique eu. Ut fuisset senserit vel. Eripuit complectitur ea eum, cum regione expetenda id, his ad ancillae reformidans. Mei cu facer omnium ornatus, et mea putant dictas pericula. Duo graece persequeris ut. Ius ne unum atomorum. Usu te error eruditi reformidans, id vim cibo probatus, mea an magna cetero tamquam. Ad quo falli perfecto scriptorem. Nec bonorum fuisset dolores ea. Id deserunt comprehensam ius, et cum debet congue verterem. Eam tritani partiendo philosophia te, ea eam tation repudiare, in...