Skip to main content

आठ घण्टाभन्दा कम सुत्नेलाई मानसिक समस्याको खतरा किन अनि कसरि?


दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ। अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो।</p><p>
सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको सो अध्ययनमा पत्ता लागेको हो। विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाई पाइएको पनि उल्लेख गरेको छ।

आठ घण्टा भन्दा कम सुत्ने मानिसहरुमा चिन्ता, कुन्ठा, तनाव र निराशा धेरै आउने गरेको सो विश्वविद्यालयद्वारा प्रकाशित मेडिकल जर्नलको पछिल्लो संस्करणमा छापिएको समाचारमा जनाइएको छ।
त्यसैगरी सो अनुसन्धानले सुत्ने समयमा अनियमितता भएका मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने गरेको पाइएको पनि बताएका छन्। सुताई नपुगेका मानिसहरुमा आउने नकारात्मक सोचाईका कारण ध्यान एकत्रित गर्न पनि गाह्रो हुने गरेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ।
अनियमित सुताई भएकाहरुमा नकारात्मक सोँचको विकास हुने गरेको र उनीहरुको जीवनमा नै नकारात्मक असर असर समेत पर्ने गरेको पाइएको समाचारमा जनाइएको छ। अनुसन्धान टोलीका एकजना सदस्य जाकोब नोटाले नकारात्मक सोँचका कारण उत्पन्न परिस्थितिले मानिसलाई तनावका साथै मानसिक असन्तुलनतर्फ समेत उन्मुख गराउनसक्ने खतरा देखिएको बताए।

अनुसन्धानकर्ताहरुले मानसिक तनाव र चिन्ता कम गर्न नियमित रुपमा र दिनमा कम्तीमा आठ घन्टासम्म सुत्नुपर्ने सुझाव पनि दिएका छन्।

Comments

Popular Posts

पढ्नुहोस अनि share गर्नुहोस आजको राशिफल : बि.स.२०७४ पौष २४ गते । सोमबार । ईश्वी सन् २०१८ जनवरी ०८ तारिख । नेपाल सम्बत् ११३८ ।

<p>बि.स.२०७४ पौष २४ गते । सोमबार । ईश्वी सन् २०१८ जनवरी ०८ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि सप्तमी ३५ घडी १० पला,बेलुका ९ बजेर २ मिनेट उप्रान्त अष्टमी । नक्षत्र हस्त ५९ घडी ४४ पला । शोभन १३ घडि २६ पला,दिउसो १२ बजेर २० मिनेट उप्रान्त अतिगण्ड । करण भद्रा,बिहान ०९ बजेर १९ मिनेट उप्रान्त वव,रातको ९ बजेर ०२ मिनेट उप्रान्त वालव । आनन्दादिमा बज्र योग । चन्द्रराशि कन्या । नेपाल ज्योतिष परिषदको बीसौं स्थापना दिवस।<p></p> काठमाडौंमा सूर्योदय ६ बजेर ५८ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर २३ मिनेट जादा । दिनमान २६ घडी ०४ पला ।<p></p> मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना समस्या तथा थाति रहेका कामहरु सम्पादन हुनेछन् भने व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लागि हुँने समय रहेकोछ । माया प्रेम तथा दाम्पत्य जीवनको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि पार्दै फाईदा उठाउँन सकिनेछ । सत्रुहरुलाई परास्त गर्दै न्यायिक निर्...