Skip to main content

कालो_आकास" -लडाई सकिए पछि एक सिपाहीले क्याप्टेन सँग भन्यो - कथा पढेर सुझाब सल्लाह अबश्य दिनुहोला !!!

कालो_आकास" -लडाई सकिए पछि एक सिपाहीले क्याप्टेन सँग भन्यो - कथा पढेर सुझाब सल्लाह अबश्य दिनुहोला !!!





लडाई सकिए पछि एक सिपाहीले क्याप्टेन सँग

भन्यो -: सर मेरो साथि युद्ध मैदानमा छट्पटिरहेको छ । म उसलाइ लिन जान्छु । क्याप्टेन-:के लिन जान्छस् छोड्दे । यति बेला सम्म त्यो मरिसक्यो । क्याप्टेनको कुरा नसुनि उ साथि भएतिर जान्छ र केही समय पछि उक्त साथीको लास लिएर आउँछ। तब क्याप्टेनले भनेछन-:मैले भनेको थिएँ ऊ मरिसक्यो भनेर । सिपाही भन्छ - सर जब म त्यहाँ पुगें,तब उ सँग अन्तिम ढुकढुकी मात्र बाकी थ्यो, तब साथीले मुस्कुराउँदै भन्यो 'साले, मलाइ थाहा थ्यो, तँ जरूर आउँनेछस्' यति भनेर मलाई अङ्गालो हाल्यो अनि प्राण त्याग्यो ।

सर, मैले मेरो साथीलाई बचाउन सकिन तर मैले साथीलाई उसको अन्तिम घडीमा आफ्नो न्यानो अंगालो दिन पाएँ । अन्तिम पल त्यो माथी यो बिरानो ठाँउमा उसको पनि आफ्नो भन्ने भावना दिलाउँन पाएँ । साथीको विस्वाश दिलाउन पाएँ । अन्तिम सास सम्म साथ दिन पाएँ। यही नै हो सर साथी भनेको, दुखसुखमा साथ दिनु नै मित्रता हो। साथी चाहे स्कुलको होस या घऱको, टोलको होस या लडाई मैदानको होस्, साथी भनेको साथी हो। जसको साथबाट एक्लोपन टाढा भाग्छ, अनि खुसीको पल साथमा हुन्छ, त्यही हो साथी ।

Comments

Popular Posts

पढ्नुहोस अनि share गर्नुहोस आजको राशिफल : बि.स.२०७४ पौष २४ गते । सोमबार । ईश्वी सन् २०१८ जनवरी ०८ तारिख । नेपाल सम्बत् ११३८ ।

<p>बि.स.२०७४ पौष २४ गते । सोमबार । ईश्वी सन् २०१८ जनवरी ०८ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि सप्तमी ३५ घडी १० पला,बेलुका ९ बजेर २ मिनेट उप्रान्त अष्टमी । नक्षत्र हस्त ५९ घडी ४४ पला । शोभन १३ घडि २६ पला,दिउसो १२ बजेर २० मिनेट उप्रान्त अतिगण्ड । करण भद्रा,बिहान ०९ बजेर १९ मिनेट उप्रान्त वव,रातको ९ बजेर ०२ मिनेट उप्रान्त वालव । आनन्दादिमा बज्र योग । चन्द्रराशि कन्या । नेपाल ज्योतिष परिषदको बीसौं स्थापना दिवस।<p></p> काठमाडौंमा सूर्योदय ६ बजेर ५८ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर २३ मिनेट जादा । दिनमान २६ घडी ०४ पला ।<p></p> मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना समस्या तथा थाति रहेका कामहरु सम्पादन हुनेछन् भने व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लागि हुँने समय रहेकोछ । माया प्रेम तथा दाम्पत्य जीवनको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि पार्दै फाईदा उठाउँन सकिनेछ । सत्रुहरुलाई परास्त गर्दै न्यायिक निर्...