एजेन्सी – जवान रहन र देखिनको लागि मानिसहरु विभिन्न तरिकाले कोशिश गर्दछन् । घण्टौंसम्म जीम गरेर पसिना बगाउँछन् । विभिन्न योगहरुको सहायता लिन्छन् । तरपनि बुढापनबाट छुट्कारा पाउन सक्दैनन् । यदि तपाइँ आफ्नो सुन्दरता र शरीरलाई लिएर चिन्तित हुनुहुन्छ भने यो जानकारी तपाइँको लागि एकदम लाभदायक छ । ‘डुम्री’ फलले बुढापनलाई बिश्राम दिनसक्ने कुरा खोज अनुसन्धानबाट पत्ता लगाइएको छ । दुम्रीमा यस्तो तत्व पाईन्छ । जस्ले जवान देखिन मद्धत गर्दछ । सबैभन्दा पहिला दुम्रीमा यस तत्वको २०१० मा लखनऊस्थित एनबीआरआईको बैज्ञानिकले एक अनुसन्धानबाट पत्ता लगाएको थियो । फ्री रेटिकलको उत्पति: मेडिकल साइन्सको अनुसार बढ्दै गएको उमेरसँगै शरीरमा फ्री रेटिकलको उत्पत्ति हुन्छ । र यही फ्री रेटिकलले मानिसलाई बुढो बनाउँछ । एनबीआरआईको बैज्ञानिकहरुले यस्को अनुसन्धानबाट पत्ता लगाएको हो । दुम्रीमा एन्टिअक्सन कम्पोनेन्ट धेरै मात्रामा पाईन्छ । जस्ले एन्जिग डिस्अडरलाई रोक्ने काम गर्दछ । यस्को अर्थ उमेरभन्दा पहिला बुढो हुने अवस्थालाई रोक्नु हो । यसलाई फारसीमा अंजीर आदम, अरबीमा जमीझ र संस्कृतमा उदुम्बर भनिन्छ । शास्त्र र आयुर्वेदमा यसक...